सामलिङ पावर कम्पनीको आईपीओमा दोस्रो दिनसम्ममा ९ लाख ४८ हजारभन्दा बढीको आवेदन



काठमाडौं,कात्तिक ६ । सामलिङ पावर कम्पनीको आईपीओमा शुक्रवार दोस्रो दिनसम्ममा ९ लाख ४८ हजार ४०५ जनाले आवेदन दिएका छन्  ।

विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्टका अनुसार रू. १ अर्ब १३ करोड ८६ लाख २३ हजार बराबरको १ करोड १३ लाख ८६ हजार २३० कित्ताका आवेदन दिएका हुन् । यो मागभन्दा १६ दशमलव ७७ गुणा बढी आवेदन हो ।

कम्पनीले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ६०० कित्ता कर्मचारीको लागि, ३६ हजार ५०० कित्ता म्युचुअल फण्डको लागि र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

आवेदकले कात्तिक ८ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । लगानीकर्ताले सि-आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्