नेकपा एमाले टोखा १ को वडाअधिवेशनको तयारी पुरा



काठमाडौं,कात्तिक ५ । नेकपा एमाले टोखा नगरपालिका वडा नम्बर १ को वडाअधिबेशनको तयारी पुरा भएको छ । कात्तिक ६ गते शनिवार झोरस्थित झरना पार्टी प्यालेसमा हुनलागेको वडा अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले वडा नम्बर १ का अध्यक्ष दिलबहादुर तामाङले बताए ।

टोखामा रहेका ११ वटा वडासहित देशभर एकैपटक वडाअधिबेशन सम्पन्न हुँदैछ । वडा अबिधेशनका लागि चाहिने आबश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु सम्बन्धित स्थानमा पठाइसकेको वडा नम्बर १ का अध्यक्षसमेत रहेका नेकपाका नेता श्रीकृष्ण अधिकारीले बताए ।

वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचित हुनेछन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित हुनेछन् ।

वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ/नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ। त्यस्तै दलित,महिला,जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने प्राबधान छ। टोखा नगरमा मात्र पार्टीको झण्डै २ हजार संगठित सदस्य रहेका छन् ।निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।

प्रतिक्रिया दिनुहोस्