नेकपा एमाले गुल्मीको वडाअधिबेशनको तयारी पुरा
गुल्मी,कात्तिक ५ । नेकपा एमाले गुल्मीको वडाअधिबेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ६ गते शनिवार हुनलागेको वडा अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।
जिल्लामा रहेका ९३ वटा वडामा एकैपटक वडाअधिबेशन सम्पन्न हुँदैछ । वडा अबिधेशनका लागि चाहिने आबश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु पठाई सकिएको बिश्वकर्माले बताए ।
वडा अधिबेशनबाट आगामी २ वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत हुनेछन् । कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जनाको पदाधिकारी निर्वाचित हुनेछन् । वडा अबिधेशनमा ५ जना संगठित सदस्य बराबर १ जना गाउँ÷नगर प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको छ। त्यस्तै दलित÷महिला÷जनजातीको हकमा ३ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधी बन्न पाइने व्यवस्था रहेको उपसचिव बिश्वकर्माले बताए ।
अबिधेशनका लागि नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् । निर्वाचनको केन्द्रिय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अबिधेशन सम्पन्न हुदैछ ।