सांसद हितबहादुर तामाङको पहलमा छहरे-टोखा सडकका लागि थप १० करोड विनियोजन
नुवाकोट,कात्तिक ५ । संघीय सांसद हितबहादुर तामाङको पहलमा छहरे-टोखा सडक स्तरोन्नतिका लागि थप १० करोड रकम विनियोजन भएको छ। काठमाडौं नुवाकोट जोड्ने छोटो दुरीको यस सडकखण्ड निर्माणका लागि थप १० करोड बजेट विनियोजन भएको श्रोतले जनाएको छ ।
यसअघि सांसद तामाङ, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ,माओवादी केन्द्र नुवाकोटका इन्चार्ज बिमला सुवेदी लगायतको टोलीले ओली सरकारको बजेट संशोधनमा टोखा-छहरेलाई थप स्तरोन्नतिका लागि बजेट माग गरेका थिए ।
सांसद तामाङका अनुसार टोखा-छहरेसंगै छहरे गोल्फुभञ्ज्याङ सडकलाई समेत बजेट विनियोजन भएको छ। छहरे-गोल्फुभञ्ज्याङ् सडक स्तरोन्नतिका लागि तीन करोड रकम विनियोजन भएको श्रोतले जनाएको छ । टोखा छहरेको करिब २७ किलोमिटर सडक खण्डमा विभिन्न ठाउँमा स्तरोन्नती भैरहेको छ।
सो सडकको गुर्जे-जगत खण्ड भने ढलान भैसकेको छ । बाकी सडक खण्डमा ड्रेन तथा सडक चौडा बढाउन आवश्यक रकम थपिएसंगै स्थानीय नागरिकले हर्षको महसुस गरेका छन् यद्यपि सडक निर्माण समयमा चनाखोपूर्ण तवरले अनुगमन भने हुनुपर्ने सरोकारवालाहरु बताउँछन् ।