मध्य भोटेकोशीको शेयर नपरेका आयोजना प्रभावितको रकम फिर्ता
काठमाडौं,कात्तिक ४ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) को बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको शेयर बापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।
बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको शेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बताएको छ ।
त्यस्तै विक्री प्रबन्धक र सह–निष्कासन तथा विक्री प्रबन्धकमार्फत आवेदन दिई बैंक खाता नम्बर उल्लेख नगरेका तथा बैंक विवरण नमिलेका आवेदकको बाँडफाँटमा नपरेका शेयरबापतका रकम स्थानान्तरण गर्न समस्या परेको भन्दै क्यापिटलले आवेदकलाई आफ्नो बैंक खातामा पैसा फिर्ता भए नभएको यकिन गरी सम्पर्क गर्न अनुरोध गरेको छ ।
क्यापिटलले बैंक खाता उल्लेख नगरेका तथा खाता नम्बर फरक परेका आवेदककोे नामावली रकम रकमान्तर हुन नसकेकोे कारण सहितका क्यापिटलको वेबसाइटमा राखिएको र आवेदकले उक्त विवरण हेरी फिर्ता गर्नुपर्ने बैंकको नाम र खाता नम्बरसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कम्पनीले गत वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६० लाख कित्ता आईपीओको विक्री खुल्ला गरेको थियो । त्यसमा १ लाखभन्दा बढी योग्य आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १९० कित्तासम्म शेयर पाएका थिए । आर्थिक अभियानबाट