बाढीपहिरो पीडितलाई सरकारले ५ लाखसम्म राहत रकम दिने
काठमाडौं, कात्तिक ३ । सरकारद्वारा बाढीपहिरो पीडितलाई राहतको घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले घरबारविहिन भएकाहरुलाई ३ देखि ५ लाख रुपैयाँसम्म अनुदान प्रदान गर्ने घोषणा भएको हो ।
पीडितमध्ये हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँसम्म अनुदान दिने निर्णय गरेको हो ।
घर निर्माणका लागि जग्गा नहुनेलाई थप ३ लाख रकम समेत उपलब्ध गराउने निर्णय भएको छ ।