देशभरका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं,कात्तिक २ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कार्तिक ३ र ४ गते नियमित मिति भए पनि यो वर्ष दशैंको कारणले गर्दा ७ र ८ गते कार्यक्रम सारिएको सरकारले जनाएको छ । साथै कोभिड– १९ को जोखिम कायमै भएको हुँदा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँन जादा मास्कको अनिवार्य प्रयोग गर्ने पनि सरकारले आग्रह गरेको छ ।
दुई मिटरको भौतीक दूरी कायम गर्दै साबुन पानीले हात धुन र स्यानिटाईजर प्रयोग गर्न पनि सरकारले आग्रह गरेको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालबाट भिटामिन ‘ए’ कार्यक्रम सन्चालन गर्दै आएको छ ।