पानीमा डुवेको धान कसरी स्याहार्ने ? यस्ता छन् विज्ञका ६ सुझाब
नुवाकोट,कात्तिक २ । आईतबार र सोमबार एक्कासी परेको वर्षाका कारण नुवाकोटसहित देशका अधिकाशं स्थानका किसानको धानबालीमा असर परेको छ । भण्डार गर्ने समयको धान पानीमा डुबेपछि जिल्लाको थान्सिङ फाट, लिखु तथा सिखरवेशीका कृषक ज्यादा मारमा परेका हुन। धानबालीमा परेको असरले किसान निकै चिन्तित छन्।
यस्तो बेला भीजिसकेको धानलाई कसरी स्याहार गर्ने भन्ने कुरा कतिपय किसानलाई थाहा नहुन पनि सक्छ। भीजेको धानलाई कसरी स्याहार गर्ने त ? कृषि विज्ञहरुले किसानहरुलाई दिएको सुझाव भने यस्तो छ।
डुबेको धानलाई के गर्ने ?
१- सबैभन्दा पहिले खेतमा जमेको पानी
निकाल्ने ।
२- भिजेको धानलाई सुख्खा स्थानमा सार्ने ।
३- धेरै तातो वा धेरै चिसो हुन नदिने नत्र
उम्रिन सक्छ र नोक्सान हुन्छ ।
४- सामान्य तापक्रममा रहनका लागि
धानलाई चलाइराख्ने ।
५- नकाटेको तर ढलेर डुबेको भए खेतबाट
पानी तर्काउने ।
६- मौसम सफा नहुँदासम्म धान नकाट्ने
काट्नै परे काट्दै झार्दै गर्ने ।