नुवाकोट किस्पाङ बस दुर्घटनामा घाइते भएका ५० जनाको नामवली (अपडेट)



नुवाकोट,कात्तिक १ । जिल्लाको किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटनामा घाइते हुनेको संख्या ५० पुगेको छ ।

दुर्घटनामा घाइते ५० जनामध्ये ५ जनालाई काठमाडौं पठाइएको जिल्लास्थित अस्पताल त्रिशूलीले जानकारी दिएको छ भने अन्यको त्रिशूली अस्पतालमै उपचार भइरहेको छ । 

सोमबार भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ नम्बरको बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा बिहान करिब १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै सो दुर्घटनामा घाइतेमध्ये १ जनाको मृत्यु भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले जनाएको छ। मृत्यु हुनेमा किस्पाङका रमेश तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्