नुवाकोटको छहरेमा खुल्यो वेकरी क्याफे
नुवाकोट, असोज २६ । जिल्लाको छहरे बजारमा वेकरी क्याफे संचालनमा आएको छ। मंगलबार एक समारोहका बीच ‘थापा वेकरी एण्ड क्याफे’ को उद्घाटन गरिएको हो।
वेकरी एण्ड क्याफेको उद्घाटन नेपाली काङ्ग्रेस भद्रुटारका नेता यमबहादुर थापाले गरेका हुन। क्याफेको उद्घाटन गर्दै काङ्ग्रेस नेता थापाले बढ्दो प्रतिस्पर्धात्मक बजार बीच क्याफेले स्थानीय नागरिकको मागलाई पूरा गर्ने शुभेच्छा प्रकट गरे ।
उक्त क्याफे पञ्चकन्या गाउपालिका वडा नम्बर ५ फुर्केसल्ला स्थायी निवासी कपिल थापाले संचालनमा ल्याएका हुन। खाडी तथा युरोप देशहरूमा लामो समय वेकरी सम्बन्धि कम्पनीमा कार्यरत थापाले आफुले अनुभवका आधारमा यस क्षेत्रका नागरिकलाई सेवा गर्ने इच्छा व्यक्त गरे।
छहरे बजारस्थित पञ्चकन्या जाने पक्की पूल नजिकै थान्सिङ फाटमा रहेको वेकरी एण्ड क्याफेमा ग्राहकको रुचिलाई ध्यानमा राखी अर्डर अनुसार बर्थडे केक, पाउरोटी,एनिभर्सरी केक, मदर डे केक, ब्रेड, दुनोट, बर्गर, कुकिज ,वर्न, मिठाई, फ्रुट केक, जेम रोल, पिजा, समोसा,जामुन लगायतका वेकरी उत्पादन हुने क्याफेका प्रोपाइटर राधिका थापाले बताइन ।