पिङको लठ्ठा चुडिएर मकवानपुरमा एकजनाको ज्यान गयो
हेटौंडा,असोज २६ । पिङको लठ्ठा चुडिएर मकवानपुरमा एकजनाको ज्यान गएको छ। जिल्लामा दशैँको पिङको लठ्ठा बाँध्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्ययल मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार सोमबार राति जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर ६ माण्डुमा दशैँको लागि लिङ्गे पिङको लठ्ठा बाँध्ने क्रममा लडेर स्थानीय ५३ वर्षीय प्रेम लामाको ज्यान गएको हो ।
लडेर घाइते लामालाई तत्काल उद्धार गरेर अस्पताल लगिएकोमा उपचारका क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।