झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरद्वारा वाद्यवादन प्रदान (भिडियो)



काठमाडौं,असोज २४ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरपालिकाद्वारा वाद्यवादन प्रदान गरिएको छ।

नगरका मेयर प्रकाश अधिकारीले वाद्यवादन हस्तान्तरण गर्दै झोर एक सांस्कृतिक एवम् पर्यटकीय पहिचान बोकेको क्षेत्र भएकाले यहाँका मन्दिर संरक्षणसंगै यहाँ गाइने भजन तथा नाच अनवरतरुपमा जगेर्ना गर्दै एक पुस्तादेखी अर्को पुस्तासम्म कायम हुनुपर्ने जोड दिए।

टोखा नगरपालिका वडा नम्बर १ अन्तर्गतका विभिन्न मन्दिर संरक्षण समितिलाई प्रदान गरिएको वाद्ययन्त्रहरुमा गणेश मन्दिर संरक्षण समिति मालुङ, राधा कृष्ण मन्दिर दुलाल गाउँ, सेतु बन्धु मन्दिर, बाैडेश्वर मन्दिर, जेष्ठ नागरिक विश्राम स्थल भजन समूहलाई दिइएको छ।

यससंगै विभिन्न चाड पर्वहरुमा भजन कृतनका लागि आवश्यक वाद्ययन्त्र अभाव हुने समस्या भनेर टरेको छ। थप दिनहरूमा संस्कृति संरक्षणका लागि वडा तथा नगरले सहयोग निरन्तर गर्ने १ नम्बर वडाध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन्।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्