जमुनाहा नाकामा कुकुर परिचालन
बाँके,असोज २६। चाडपर्व नजिकिँदै जाँदा आवाञ्छित गतिविधी रोक्न बाँके प्रहरीले जमुनाहा नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । नेपालगञ्जको जमुनाहा नाकामा शनिवार बिहानैदेखि तालिम प्राप्त कुकुरसहितको सुरक्षा जाँच शुरु भएको छ ।
दशैं तिहार लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल–भारतसँग जोडिएको जमुनाह नाकामा तालिमप्राप्त कुकुरहरुको सहयोगमा नेपाल भित्रिने यात्रुहरुलाई जाँच गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो।
भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रु र सवारी साधनको जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी केनाइन शाखाको डग हेन्डलर सहित सुरक्षाकर्मीहरु सीमानाकामा खटिएका छन् ।