निर्माण व्यवसायी खत्रीले आफनै लगानीमा गरिदिए तम्घासको सडक मर्मत



गुल्मी,असोज २१ । गुल्मीका एक निर्माण व्यवसायीले आफनै लगानीमा कालोपत्रे सडक मर्मत गरिदिएका छन् । जिल्ला सदरमुकाम तम्घासको बजारक्षेत्रमा पक्की सडक जीर्ण बन्दै गएको थियो । सडक जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढ्दै गएपछि शाईन कन्ट्रक्सन काठमाडौंका निर्माण व्यवसायी चुरा बहादुर खत्रीले आफनै लगानीमा मर्मत गरिदिएका हुन् । तम्घास बजारको पुतली बजारमा भत्कीएको कालोपत्रे सडकलाई मर्मत गरेका हुन् ।

बजार क्षेत्रमा आउजाउ गर्नेहरुलाई सडक भत्कीएर खाल्डाखुल्डीका कारण दुर्घटना बडेकाले आफुले सक्दो मर्मत गरेको निर्माण व्यवसायी खत्रीले बताए । बजार क्षेत्रको व्यस्त र घुम्ती रहेको स्थानमा सडक जीर्ण भएपछि मर्मत गरेको निर्माण व्यवसायी खत्रीको भनाई छ । सदरमुकाम भित्रकै जीर्ण सडकको अबस्थाले बजारको सौन्र्दयता समेत हराउदै गएको स्थानीयको गुनासो रहेको छ ।

तम्घास बजारक्षेत्र भित्र मर्मत गर्न बजेटको व्यवस्था भएपनि निर्माण व्यवसायीले काम नगरिदिँदा अहिले बजार क्षेत्र भित्र सडक भत्कीएर जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्