प्रहरी दिवस : गुल्मीमा प्रहरी अधिकृत सहित ७ जना पुरस्कृत



गुल्मी,असोज २० । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ७ जना प्रहरी अधिकृत तथा जवानहरु पुरस्कृत भएका छन् । नेपाल प्रहरीको ६६ औं स्थापना दिवसको अबसरमा बिभिन्न बिधामा उदारणिय र उत्कृष्ट कार्य सम्पादन आधारमा सम्मान जिल्ला भर रहेका मध्ये प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा प्रहरी सहायक निरिक्षक अर्जुन न्यौपाने, प्रहरी हवल्दार तिलक बेल्बासे, प्रहरी जवानहरु कृष्णबहादुर रायमाझी, दुर्गा बुढा, दिपक बोटे, सुभम घर्ति मगर, सरोज श्रेष्ठ रहेका छन् । दिवसको अबसरमा बिहिवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले नगदले सम्मान गरेका थिए।

दिवसको अबसरमा आयोजित ब्याडमिण्टन खेलमा प्रथम हुने प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिमगर, प्रहरी सहायक निरिक्षक मिनबहादुर सेन, द्धितिय हुने प्हरी निरिक्षक सुबराज बम र प्रहरी जवान लुकप्रसाद पुन, तृतिय हुने प्रहरी सहायक निरिक्षक बिजय क्षेत्री र बिष्णुकुमार थारु, महिला तर्फ घैटो फोर तर्फ प्रथम हुनेदुर्गा बुढा रहेका छन् । उनिहरु सबैलाई प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी प्रमुख प्रहरी उपरिक्षक भट्टराईले सम्मान गरेका थिए ।

दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिल्लाका प्रहरी जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए ।
प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए । कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले नागरिसँग सहकार्य गरेर लागु औषध, घरेलु हिंसा लगायतमा आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढने बताएका थिए ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्