अखिल छैठौको प्युठान जिल्ला अध्यक्षमा नवीन केसी चयन
प्यूठान,असोज १९ । राष्ट्रीय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को प्युठान जिल्ला अध्यक्षमा नवीन केसी चयन भएका छन् ।मंगलवार जुम्रीमा सम्पन्न १९ औँ जिल्ला सम्मेलनले केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सरस्वती पौडेल र सचिवमा केशव वुढाथोकी चयन भएका छन। सहसचिवमा सुनिता भण्डारी र कोषाध्यक्षमा लक्षमण पुन चुनिएको अखिल छैठौंले जनाएको छ । यस्तै, दिपा गिरी, विक्रम कुवर, प्रकाश न्यौपाने, विश्वास एम.सी., सरिता आचार्य, विज्ञान नेपाली, सुवाश भण्डारी सदस्यमा चयन भएका छन ।त्यस्तै वैकल्पिक सदस्यमा छवि राना, सविता नेपाली, रविन एम.सि., दुर्गा वि.क. छन ।
सम्मेलनको उद्घाटन गर्दै अखिल छैठौका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवरले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको टिप्पणी गरेका छन। यो समाजलाई राम्रो बनाउनको लागि अहिलेको शिक्षा ब्यबहारिक नभएको उनको तर्क छ। लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहेका कुवरले विद्यार्थीहरुको हकहित तथा आधिकारको लागि अखिल छैठौ मात्र विद्यार्थीको अभिभावक संगठन भएको दावी समेत गरे।