एक हजार ३० कोरोना संक्रमित थपिए, एकहजार डिस्चार्ज
काठमाडौं,असोज १८ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार १० हजार ८७४ जनाको पिसिआर र एन्टिजेन मार्फत कोरोना परिक्षण गरेको जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना कोरोना निकोभएका छन् । साथै १० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै १ लाख २० हजार ५४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
नेपालमा अझै सक्रिय संक्रमितको संख्या १६ हजार ६६० रहेको छ । त्यसमध्ये क्वारेन्टाईनमा २४१, भेन्टिलेटरमा ११८, सघन उपचारकक्षमा ३५१ जना र संस्थागत आईसोलेशनमा ११ सय ५२ जनाको उपचार भईरहेको छ ।
यस्तै होमआईसोलेशनमा १५ हजार ५५४ जना रहेका छन् ।
हाल सम्म नेपालमा ७ लाख ७० हजार २२४ अर्थात ९६.५ प्रतिशत अर्थात ५९.३६ प्रतिशत पुरुष र ४०.६४ प्रतिशत महिला रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।