त्रिशुली अस्पतालमा पित्तथैली पत्थरीको शल्यक्रिया



नुवाकोट,असोज १७ । त्रिशुली अस्पतालमा एकै दिन दुई बिरामीको सफल पित्तथैली पत्थरीको शल्यक्रिया भएको छ ।

शनिबार अस्पतालका जनरल सर्जन डाक्टर प्रेमप्रकाश पौडेल नेतृत्वको टिमले एकै दिन दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सम्पन्न गरेको हो ।

विगतका दिनहरुमा अन्य जनरल शल्यक्रिया गरिरहेकोमा त्रिशुली अस्पतालमा पहिलोपटक एकै दिन दुई जना बिरामीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफल भएको डा. पौडेलले बताए । चिकित्सकहरुको टोलीले एक जना बिरामीको डेढ घण्टा र अर्का बिरामीको सवा एक घण्टामा पित्तथैलीको शल्यक्रिया सम्पन्न गरिएको डा. पौडेलले बताए ।

त्रिशुली अस्पतालले असोज १६ गते शनिबारदेखि इन्डोस्कोपी सेवा पनि सुचारु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।

अस्पतालमा एपेन्डिसाइटिस, हर्नीया, हाइड्रोसील लगायतका शल्यक्रिया हुदैं आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्