पाल्पामा एकजना मृत फेला
![](https://www.sajhapath.com/wp-content/uploads/2021/09/dead-2.jpg)
पाल्पा,असोज १५ । पाल्पामा एकजना पुरुषको शव मृत अबस्थामा फेला परेको छ।
जिल्लाको रामपुर नगरपालिका – ६ तिलकपुर बस्ने अन्दाजी ४५ बर्षीया खग बहादुर कुमाल शुक्रबार बिहान आफ्नै घर नजिक मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनु भयो ।
बिहिबार राती करिब १० बजेको समयमा मादक पदार्थ सेवन गरि घरबाट निस्केका कुमाललाई खोजी गर्ने क्रममा आज बिहान आफ्नै छोरा सुजन कुमालले मृत अवस्थामा भेटेका हुन । घटनाको आवास्यक अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जानकारी दिएको छ।