बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं,असोज १५। प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई बिहीवार पक्राउ गरेको छ ।
उक्त अभियोगमा काठमाडौं महानगरपालिका – ६ बस्ने अभियुक्त ६७ वर्षीय नारायण भक्त संगतलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका निजलाई प्रहरीले काठमाडौं महानगरपालिका- ७ सिफलबाट पक्राउ गरेको हो ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी- जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
अभियुक्तलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको केन्द्रीय प्रहरी समक्षले बताएको छ।