प्रचण्डको आक्रामक अभिव्यक्तिः लड्ने, मर्ने देखि सुसाइड गर्ने सम्म



काठमाडौं, १४ असोज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहिबार आक्रामक शैलीमा प्रस्तुत भएका छन् । अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई राजधानीमा सम्बोधन गर्दै उनले लड्ने, मर्ने, आत्महत्या गर्ने जस्ता कठोर शब्दको चयन गरेका हुन।

प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापाको नामै तोकेर चुनौती दिए । उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका भीम रावलसहित १० प्रभावशाली नेताको नाम नतोकी १० भाई लुत्रुक्क परेर ओलीसँग आत्मसमर्पण गर्न पुगेको अभिव्यक्ति व्यक्त गरे ।

प्रचण्डले आफू जोखिम मोल्न सधै तयार भएको सुनाए । उनले नेकपाभित्र गरेको संघर्षबारे स्मरण गराउँदै हेडक्वार्टरमै बम हानेको टिप्पणी गरे । प्रचण्डले भने,‘ म आत्महत्या गर्न सक्दिनँ । मेरो टाउकोमा हजारौं सहिदहरुको ऋण छ । कि सकिन भनेर सुसाइड गर्नुपर्छ ।’ उनले आफू लड्ने या मर्ने ठाउँमा आइपुगेको समेत वताए सुनाए ।

प्रतिक्रिया दिनुहोस्