नेकपा (एस)का अध्यक्ष नेपाल शिक्षण अस्पताल भर्ना



काठमाडाैं, असाेज १३ । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको सचिवालयले उल्लेख गरेको छ ।

उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सन्तकुमार दास सहितको टोली संलग्न रहेको बताइएको छ । उनको स्वास्थ्य लाभको कामना सचिबालयले विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्