आज संक्रमित र निको हुनेको संख्या बराबर



काठमाडौं,असोज १३ । गएको २४ घण्टामा कूल १४ हजार ४१ जनाको पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना नमुना परिक्षण गरिएको छ । १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराउँनु भएको हो ।  

साथै काठमाडौं उपत्यका भित्र थप ३३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये भक्तपुरमा २८,ललितपूरमा ४२ र काठमाडौंमा २६५ जना रहेका छन् ।१ हजार १२३ जना कोरोना संक्रमण निको भएको पनि मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा कोरोना संक्रमणको कारण ८ जनाको मृत्यु भएको छ । 

संक्रमणको दर ५२.३ प्रतिशतले घटेको पनि सरकारले जनाएको छ ।  मन्त्रालयले पत्रकार सम्मेलन मार्फत संक्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै कोरोना बाट बच्नको लागि स्वास्थ्यको मापदण्ड पालन गर्न अनूरोध गरेको छ । १८ हजार १९३ सक्रिय संक्रमितदर रहेको छ । त्यसमध्ये १ हजार ३१५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ३५४ जना सघन उपचारकक्षमा र ९९ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । यस्तै होम आईसोलेशनमा १६ हजार ८७८ जना रहेको छ । संस्थागत क्वारेन्टाईनमा २४४ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्