परराष्ट्रमन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं,असोज १२ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो ।
कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
न्यौपानेले दायर गर्नुभएको रिटमा शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न÷नगराउन आदेश पनि माग गर्नुभएको छ