रुन्टीगढी गाउँपालिकामा बजारअनुगमन
रोल्पा,असोज १२। रोल्पाको रुन्टीगढी गाउँपालिकाको सुर्पाल र गोरिनेटामा मंगलवार वजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा बजारमा बिक्रीका लागि राखेको म्याद गुज्रीएका उपोभोग्य सामाग्री भेटिएपछि नष्ट गरिएको छ । ब्यवसायीहरुले पसल दर्ता तथा नविकरण नगरेको,पसलमा मुल्यसुची समेत नटासेको पाइएकोले यी पक्षमा सुधार गर्न अनुगमन टोलीले सुझाव दिएको छ।
दशै तिहार जस्ता पर्वहरु नजिकीदै गर्दा बजारमा कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी हुन नदिन बजार अनुगमन गरिएको अनुगमन समितीका संयोजक एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनले वताउनु भयो ।
गाउँपालिकाको अगुवाइमा प्रहरी, संचारकर्मी लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा बजार अनुगमन गरिएको हो ।