नुवाकोट दुप्चेश्वर काङ्ग्रेसको सभापतिमा रोजलाल मोक्तान सर्वसहमत



नुवाकोट,असोज ९ । जिल्लाको दुप्चेश्वर गाउँपालिका काङ्ग्रेस सभापतिमा रोजलाल मोक्तान सर्वसहमत चयन भएका छन् ।

शनिबार गाउँपालिकामा भएको पालिकास्तरीय १४ औं अधिवेशनमा दुप्चेश्वर काङ्ग्रेसले मोक्तानलाई सर्वसहमतीमा सभापतिको जिम्मेवारी प्रदान गरेको हो ।

मोक्तान सभापतिमा चयन भएसंगै पार्टी कार्यकर्तालाई एकवद्द बनाई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। अधिवेशनले उप-सभापतिमा तिर्थ तामाङ र सुदर्सन थापा चयन भएका छन् ।

त्यस्तै सचिव पदमा कृष्णबहादुर स्याङ्तान र शशीप्रसाद आचार्य चयन भएका छन्, सहसचिव मा रुपेश तामाङ र रुप बहादुर तामाङ चयन भएका हुन् ।

त्यसैगरी सदस्य खुल्ला तर्फ बीरबहादुर तामाङ, विनोदकुमार लामा,आशाराम तामाङ, राजकुमार खतिवडा,हरिप्रसाद आचार्य,रामप्रसाद खतिवडा,होम बहादुर पाण्डे,रबिन्द्र केसी,लोक्टे तामाङ, देवराज तामाङ, सेर बहादुर मोक्तान, बीरबहादुर तामाङ, कुमार खड्का र बीरबहादुर तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्य खुल्ला महिला तर्फ माईली तामाङ,तारा श्रेष्ठ, डम्बर कुमारी लुईटेल केसी, उमा थापा,लक्ष्मी तामाङ, लीलामाया तामाङ र कमला पण्डित रहेका छन् । त्यसैगरी सदस्य आदिवासी जनजाती तर्फ सानुकान्छा तामाङ, रबि तामाङ, संजय तामाङ, मारलामा तामाङ, राजकुमार श्रेष्ठ, सिरमान तामाङ र दिनेश तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्य आदिवासी महिला तर्फ फुलसानी तामाङ, कल्पना तामाङ ,दिपिका श्रेष्ठ,कमला श्रेष्ठ, काईली तामाङ, सिरमेंदो तामाङ र कल्पना तामाङ चयन भएका छन् । त्यसैगरी खस आर्य अन्तर्गत अजय कुमार केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्