चालू आवको दुई महीनामा ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात



काठमाडौं,असोज ९ । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८र७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५ दशमलव ४३ प्रतिशतले वृद्धि भएको हो ।

तथ्याङ्कअनुसार दुई महीनामा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँभन्दा बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ ।     
     
 गत आव २०७७र७८ को समीक्षा अवधिमा २० अर्ब ४४ करोड रुपैयाँ  बराबरको निर्यात भएको थियो भने १ खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार रुपैयाँ  बराबरको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार गत साउन महीनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ  बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महीनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ  बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।     
     
व्यापार घाटा २ खर्ब ७० अर्ब  रुपैयाँ    
     
 विभागले चालु आवको दुई महीनामा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ  बराबरको व्यापार घाटा भएको बताएको छ । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख रुपैयाँ  बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा नेपालले ७० दशमलव ७५ प्रतिशतले व्यापार घाटा बेहोरेको हो ।     
     
 यस्तै पछिल्लो दुई महीनामा नेपालले ३ अर्ब ५८ अर्ब ५५ करोड रुपैयाँ  बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले  १  खर्ब ९९ अर्ब २८ करोड रुपैयाँ  बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालू आवको दुई महीनामा ७९ दशमलव ९२ प्रतिशतले वैदेशिक व्यापार बढेको छ ।     
     
११८ ओटा देशबाट आयात     
     
 दुई महीनाको अवधिमा ११८ ओटा देशबाट ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।     
     
 भारतबाट १ खर्ब ८७ अर्ब ७१ करोड ८० लाख ४५ हजार रुपैयाँ बराबरको आयात भएको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट ४२ अर्ब ८४ करोड ७५ लाख रुपैयाँ  बराबरको आयात भएको छ । समीक्षा अवधिमा भारतमा ३६ अर्ब १७ करोड ४३ लाख रुपैयाँ  र चीनमा १५ करोड ८० लाख रुपैयाँ  बराबरको निर्यात भएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्