जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु



जाजरकोट,भदौ २९ । जाजरकोटमा जीप दुर्घटना भएको छ। जाजरकोटको गेडेनीमा जीप दुर्घटना भएको हो। सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्