भदौ २८ गते विप्वल नेतृत्वको नेकपाद्धारा काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन गर्ने
काठमाडौं, भदौ २६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरुद्धमा आन्दोलन गर्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता प्रकाण्डले यस्तो जानकारी दिएका हुन् ।
पार्टीको आयोजनामा भदौ २८ गते काठमाडौँमा एमसीसी विरुद्ध प्रदर्शन हुनेछ । प्रवक्ता प्रकाण्डले एमसीसीलाई नेपालबाट सधैँलाई अन्त्य गर्ने गरी आन्दोलनको घोषणा गरिएको स्पष्ट पारे ।
उनले भने, ‘एमसीसीलाई नेपालबाट सधैँभर नेपालबाट हटाउनुपर्छ । यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी पास गर्ने मुर्खता नगरोस् ।’