गुल्मीमा सुनसान तीज, हराउँदै पुराना भाकाहरु



गुल्मी,भदौ २४ । हिन्दु नारीहरुको मनाउने महान पर्वको रुपमा हरितालिका तीज पर्वलाई लिइन्छ। तिजको अबसरका झण्डै एक महिना पहिलेबाट बिभिन्न समुह बनाई पार्टी प्यालेस, खेल मैदानमा भेला भइ दर खाने प्रचलन पछिल्लो समय यता अलि बढि रहेको छ । तर यस वर्ष भने कोरोना ममहामारीको संक्रमणको जोखिमका कारण सुनसान भएको छ । कोरोनो संक्रमणको जोखिमका कारणले गर्दा हिन्दु नारीहरुको मनाउने महान पर्व सुनसानमै बित्ने भएको हो । गुल्मीमा साउन लागेसँगै गीतका गीत सहितका मादलको आवजहरु गाउँघर घन्कीने बेला हो । तर यतिबेला ति आवाजहरु घन्कीन पाएका छैनन् ।

गीत मात्रै होइन एक महिना पहिलेबाट बिभिन्न स्थान पार्टी प्यालेसहरुमा दरखाने कार्यक्रमहरु पनि नहुदा यस वर्षको तिज वर्ष सुनसान मै बिदा लिने भएको छ। जिल्ला सदरमुकाम तम्घाससँगै बिभिन्न ठाउँमा महिलाहरु भेला भएर दरखाने तिज सम्बन्धी गीत गाएर गाउने गर्दर्थे ।

तर यसवर्ष भने सबैतिर सुनसान छ । तीज पर्वको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने प्रचलन छ । गुल्मी लगायत पश्चिम तिर यस्ता भाकाहरु वढि प्रचलनमा रहेका छन् । महिलाहरु तिज सम्बन्धी गीत, गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् ।

हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको हो । पानी समेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ ।

मेटीदै तिजका पुराना भाकाहरु

पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ । पहिले तिजको बेला बिभिन्न मन्दीर, मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचल बिस्तारै इतिहास बन्न थालेको छ ।
अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घटनासमाजमा हटदै गएकाले केहि परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँ पन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू प्रति धेरैको चिन्ता छ । पहिले तिजका गीतमा सासूले बुहारीलाई दिएका दुखः तिजका गीतबाट आफना साथीसंगीलाई सुनाउने प्रचलन रही आएको थियो ।

पहिलेका गीतमा ः ‘हाम्रा बाबाले घर छान्न जानेन दाङ छोडी प्यूठान, प्यूठानमा काम दुखःरहीछ आमा बरिलै लिउ आमा घिउ खान’ यो गीतको शब्द पुराना भाका मध्येको प्रचली शब्द हो । यसले नारीले दुखःपाको भाव बोकेको छ ।

यस्ता गीत अहिले सुन्न पाइदैनन् । तिजका गीतमा गाइने गीत मध्ये यो गीत पनि नारी भावमा बहकीएको शब्द भाव छ। तिजको अबसरमा सकि नसकी मिठो खाने राम्रो लगाउने र गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्