कांग्रेस अधिवेशन : रुपन्देहीका वडाहरुमा तिब्र बिबाद
बुटवल,भदौ २४ । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनलाई लिएर केही वडा तहमा विवाद उत्पन्न हुन थालेका छन् । भदौ १८ गते देखि प्रारम्भ भएको वडागत कांग्रेसको अधिबेशनमा एकलौटी रुपमा वडा समिति तथा क्षेत्रीय प्रतिनिधी चयन गरिएको भन्दै लोकतान्त्रिक अभ्यासबाट नेतृत्व आउनुपर्नेमा युवाहरुले जोड दिएका छन् ।
यस्तै,रुपन्देहीको तिलोत्तमाका केही वडामा वडा समिति तथा क्षेत्रीय प्रतिनिधी चयनमा विवाद उत्पन्न भएको छ । कांग्रेस तिलोत्तमा वडा न.६मा क्षेत्रीय प्रतिनिधी चयन एकलौटी ढगंले गरिएको भन्दै क्षेत्रिय उम्मेदवार लक्ष्मण गौतम निर्वाचन आयोग न्यायका लागी पुगेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै क्षेत्रिय उम्मेदवार लक्ष्मण गौतमले तिलोत्तममा ६मा अलोकतान्त्रिक तरिकाले क्षेत्रीय प्रतिनिधी छनोट गरिएको भन्दै न्यायका लागी सम्बन्धी निकायलाई अपिल गरेका छन् । कांग्रेसको विधानत सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने ब्यवस्था भए पनि यस वडामा सहमति विना नै एकाधिकार प्रयोग गर्दै क्षेत्रिय प्रतिनिधी छनोेट गरिएको गौतमले आरोप लगाए ।
गौतमले भने मैले उम्मेदवारीका लागी फर्म पनि भर,भरेको फर्म निर्वाचन समितिबाट खटिएको टोलीले लिन मानेन अनि मैले प्रश्न गरे ? किन ! लिन नमिल्ने भन्दा उनको प्रश्नमा समितिले निर्धारित समय सकियो भन्ने गैरजिम्मेवार तर्क दिएको आरोप लगाए ।
अलोकतान्त्रिक,पंचायती शैलीले वडामा अधिबेशन गरिएको भन्दै निर्वाचन आयोगमा न्यायको लागी निवेदन पेश गरेको बताए ।निर्वाचन समितिले न्यायोचित रुपमा न्याय दिने दावी उनले गरेका छन् ।लोकतान्त्रिक दलमा यसो हर्कत नहुने कुरामा पुर्ण विश्वास गौतमले लिए ।गौतमले भने पत्रकार सम्मेलन कांग्रेसको विरोध र अधिबेशनलाई रोक्न नभएर लोकतान्त्रिक तरिकाले अधिबेशन गराउनु पर्नेमा जोड हो ।