नुवाकोटमा निषेधाज्ञा हट्यो
नुवाकोट,भदौ २० । जिल्लामा जारी निषेधाज्ञा हटेको छ। जिल्लामा कोरोना भाइरसका कारण विगत ५ महिनादेखि जारी निषेधाज्ञा हटेको हो । यद्यपि निषेध शब्दलाई हटाएर जिल्ला प्रशासन कार्यालयले आदेश जारी भने गरेको छ ।
ती आदेशहरु भोलीदेखि भदौ मसान्तसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जारी गरेको सूचनामा उल्लेख । नयाँ अदेश अनुसार रेष्टुरेन्ट, होटेल लगायत व्यवसायहरु सञ्चालन गर्न पाइने भएको छ ।
यद्यपि सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने छ । शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन परे कोभिड व्यवस्थापन केन्द्रमा जानकारी गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।