अब प्युठान कांग्रेसको सभापती को ?
प्युठान,भदौ १६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्यूठान काँग्रेसभित्र चुनावी सरगर्मी बढेको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन्। जिल्ला सभापतिमा अहिले सम्म दुई जना आकांक्षी देखिएका छन्। हाल पार्टीका जिल्ला सचिव एवं गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरी र पूर्व सचिव एवं नौवहिनी गाउँपालिका अध्यक्ष शिव प्रसाद रिजाल सभापतिमा उठ्ने तयारीमा छन् ।
आगामी अधिबेशनमा आफू जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेको गिरीले बताए। आगामी कार्यकालका लागि गिरि प्यानलवाट बर्तमान सचीब देवेन्द्र बर्मा उपसभापतीमा र टोपाराम कालाथोकी सचिब हुने गरि सहमती जुटेको बताईएको छ। यद्दपी, यस्को औपचारिक घोषणा भने भईसकेको छैन ।पदाधिकारी लगायत अन्य पदको समेत सहमतीबाट टुङ्गो लगाईने गिरीले बताए।
उता, कांग्रेस नेता रिजालले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । उनी अघिल्लोपटक अमरप्रसाद भण्डारीसँगको पराजयलाई बिर्साउने गरि सभापती जित्ने कसरतमा छन । रिजाल अघिल्लो महाधिबेशनमा भण्डारीसँग २३ मतले पराजित भएका थिए ।सभापतीको डौडमा रहेका गिरि बरिष्ट नेता रामचन्द्र पौडेल र रिजाल केन्द्रीय सभापती शेर बहादुर देउवा खेमाका हुन ।
चुनाबमा पुन सभापतीमा उठ्ने नउठ्ने बारे वर्तमान सभापति अंमर प्रसाद भण्डारीले भने मुख खोलिसकेका छैनन् । जिल्लाका युवा नेताहरुले समेत आफुहरु मुख्य पदका लागि दाबी गरेको भन्दै कार्यकर्ता बिच आफुलाई सहयोग गर्न आग्रह गर्न थालेका छन् । कांग्रेस जिल्ला सचिवमा कांग्रेस महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलको दावेदारी छ । पोखरेल देउवा समूहका हुन् । भने, हाल पार्टी कोषाध्यक्ष रहेका धनेश्वर भण्डारीले पनि सचिव पदमै उठ्ने घोषणा गरेका छन ।
निर्वाचन क्षेत्र नं १ को क्षेत्रिय सभापतिमा देउवा समूहबाट जैनुल मियाँ र तरुण दल प्यूठानका उपाध्यक्ष दीपक केसीको नाम चर्चामा छ । केसीले अहिले सम्म आफ्नो धार बारे खुलाएका छैन्न । पौडेल समूहबाट टेकप्रसाद भण्डारी क्षेत्रिय सभापतिमा दोहोरीने चर्चा समेत छ।
निर्वाचन क्षेत्र नं २ मा गगन÷सिटौला लाईनबाट बालाराम पौडेल र नेवीसंघ प्यूठानका अध्यक्ष एनपी मगरको क्षेत्रिय सभापतिमा दावी रहेको बुझिएको छ । क्षेत्रिय सभापतिमै झिमरुक गाउँपालिका – २ का वडा अध्यक्ष समेत रहेका बलदेव महतराको नाम चर्चामा छ । देउवा समूहबाट वर्तमान सचिव चन्द्रलाल न्यौपाने र जुमान जिसीको नाम चर्चामा छ ।
देउवा पक्षबाट कांग्रेस क्षेत्र नं २ का हालका सभापति सरोज थापा (रोज राणा) उपसभापतीमा दाबेदारी दिदैंछन् । बद्री लम्साल पुन उपसभापतीमा दोहोरीने चर्चा छ । जिल्ला अधिवेशनबाट छानिने २४ जना महाधिवेशन प्रतिनिधिको टुङ्गो लागिसकेको बताईएको छ ।प्यूठानबाट केन्द्रीय समितिमा भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द्र राज पोखरेलको चर्चा छ ।यसैगरी प्रदेश समिति सदस्यमा नामबहादुर नेपाली, धनलक्ष्मी श्रेष्ठ, दुर्गा बुढाथोकीको चर्चा छ । भने प्रदेशको पदाधिकारीमा अमर प्रसाद भण्डारीको चर्चा छ।
चुनाबको तयारीमा रहेका उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन्। जिल्लामा करिब ५ हजार क्रियाशील सदस्य रहेको काङ्रेस प्यूठानले बताएको छ ।