छहरे-टोखाको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खस्यो, चालक गम्भीर घाइते



नुवाकोट,भदौ ११ । छहरे-टोखाको सडकखण्डको चापको बोट नजिकै मोटरसाइकल भीरबाट खसेको छ।

चापको बोट नजिकै कटुन्जे खोल्साको भीरबाट झन्डै ५० मिटर तल मोटरसाइकल खस्दा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन् । शुक्रबार मध्याह्न भएको दुर्घटनामा परी चालकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ।

प्रदेश नम्बर ३ को ००६ प २९९२ नम्बरको पल्सर मोटरसाइकल चालक रसुवाको युवक भएको बुझिएको छ। घाइतेको उपचारार्थ काठमाडौ पठाइएको र स्थानीयको सहयोगमा मोटरसाइकल समेत निकालिएको स्थानीय शिक्षक अर्जुन तामाङले बताए।

पछिल्लो समयको वर्षापछि छहरे-टोखा सडकखण्डको चापबोटदेखि काफलडाडा सम्म हिलाम्मे सडकका कारण सवारी आवतजावतमा निकै कठिनाइ व्यहोर्नुपरेको सर्वसाधारणहरुले बताउदै आएका छन।

तस्वीर:स्थानीय शिक्षक अर्जुन तामाङ

प्रतिक्रिया दिनुहोस्