नदि पस्दा परासी बजार डुबानमा
रुपन्देही,भदौ ११ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। स्थानीय झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी पस्दा परासी बजार डुबानमा परेको हो । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण परासी बजार डुबानमा परेको प्रहरीले बताएको छ ।
परासी बजारमा पर्ने अधिकांश स्थान जलमग्न भएको छ । बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढी पसेको छ ।
सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।