योजना आयोग सदस्यमा वाग्ले र प्रधान नियुक्त
काठमाडौं,भदौ ११ । राष्ट्रिय योजना आयोगका रिक्त पदमा सरकारले पदाधिकारी नियुक्त गरेसँगै पूर्णता पाएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
वाग्ले प्रविधिक शिक्षासम्बन्धी राम्रो ज्ञाताका रूपमा चिनिन्छन् । वाग्ले कांग्रेसको कोटाबाट आयोगको सदस्यमा नियुक्त भएको र सिंह जसपा निकट व्यक्ति रहेको स्रोतको दाबी छ । उनीहरूको नियुक्तिसँगै आयोगले पूर्णता पाएको छ । आर्थिक अभियानबाट