नेकपा एकीकृत समाजवादी सरकारमा जाने: शक्ति दुरुपयोगको प्रवित्तिलाई असफल पार्ने
काठमाडौं,भदौ १० । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलि दक्षिणपन्थी सोच बोकेको र बहुदलीय जनवादको अवमूल्य गरेको आरोप लगाए ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी दिशामा लैजान नेकपा ( एकीकृत समाजवादी ) पार्टीले महत्वपूर्ण काम गर्ने बताए । विहिबार पत्रकार सम्मेलन मार्फत एमालेमा रहेका आम नेता तथा कर्याकर्तालाई ओलिको अहंकार र भ्रमबाट उन्मुक्ति हुन आग्रह गरे ।
अध्यक्ष नेपालले जनताको मागलाई सम्बोधन गर्न, लोकतन्त्रको रक्षा गर्न, सुशासनको प्रत्यभुती गरि समृद्ध नेपालको निर्माणमा लाग्ने बताए । एकीकृत समाजवादी पार्टी कार्यकर्ता र जनताको भावना बुझ्नका लागि पुरानो रितमा नफर्किने, नितान्त भिन्न पार्टी रहने दाबी गरे । समाजबादको नेपाली मोड कस्तो रहने भन्ने बिषयमा गहन अध्ययन गरि अघि बढ्ने छ अध्यक्ष नेपालले भने ।
माक्र्सवाद, लेनिनवाद र देशको विकासबादमा समर्पित पार्टी हुने र सुत्रपातको रुपमा नलिई दक्षिणपन्थी बिचारबाट टाढा रहेर जनताको पिडालाई सम्बोधन गर्दै अघि बढ्ने बताए। जनताको लोकप्रिय आन्दोलनलाई सम्मान गरि समग्र देशको परिवर्तनमा लागिपर्ने छ ।
अब पार्टी सरकारमा चाडै सहभागी हुने जानकारी दिदै राज्य सत्तामा पुगेपछी शक्ति दुरुपयोगको प्रवित्तिलाई असफल पार्ने भुमिका खेल्ने बताए । अबको काम अन्य मुलुकहरूको दबाबमा नपरी अन्तरास्ट्रिय सम्बन्धलाई सुधार गर्दै जाने र बामपंथी पार्टीहरु संग सहकार्य गर्ने बताए । बाम लोकतान्त्रिक गठबन्धनलाई सिर्जनात्मक भुमिका समेत निभाउने बताए ।