नुवाकोटमा भदौ २० गतेसम्म निषेधाज्ञा थपियो



नुवाकोट,भदौ १० । नुवाकोटमा यही भदौ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको आदेश अनुसार यही भदौ १० गतेदेखि २० गतेसम्म निषेधाज्ञा जारी रहने बताइएको छ ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्