रहेनन् जनवादी गायक जेबी टुहुरे
काठमाडौं,भदौ १० । केही दिन अघि मष्तिस्कघाट भएर बल्खुस्थित वयोधा अस्पताल भर्ना भएका जनवादी गायक जेबी टुहुरेको उपचारका क्रममा बिहीबार निधन भएको छ ।
‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ जस्ता सर्वाधिक लोकप्रिय गीत गाएका जुठबहादुर खड्गी (जेबी टुहुरे) को ७८ वर्षमा देहवसान भएको छ ।
२० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीतमार्फत् दर्शक तथा स्रोताको मन जित्न सफल भएका छन् ।