माओवादी केन्द्र वाग्मती प्रदेशको सहइञ्‍चार्जमा हितबहादुर



काठमाडौ,भदौ ९ । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको सहइन्चार्जमा हितबहादुरले जिम्मेवारी पाएका छन् । प्रदेशको इञ्‍चार्जमा हितमान शाक्य र सहइञ्‍चार्जमा हितबहादुर तामाङलाई जिम्मेवारी प्रदान गरिएको केन्द्रले जनाएको छ। 

यसअघि भदौ ५ र ६ गते स्थायी कमिटी बैठकले विभिन्‍न विभाग, प्रदेश र जिल्ला लगायतको नेतृत्व समेत टुंग्याएको छ। त्यस्तै वाग्मती प्रदेशको अध्यक्षको जिम्मेवारीमा नारायण दाहालले प्राप्त गरेका छन् ।

त्यस्तै वाग्मती प्रदेशका जिल्लास्तरीय इञ्‍चार्जहरु धादिङमा शालिकराम जम्कट्टेल, नुवाकोटमा बिमला सुवेदी, रसुवामा इन्द्र गौतम, सिन्धुपाल्चोकमा कृष्णप्रसाद सापकोटा, दोलखामा देवी खड्का, रामेछापमा युवराज चौलागाईं, सिन्धुलीमा राजन दाहालले जिम्मेवारी पाएका छन्।

त्यस्तै काभ्रेपलाञ्‍चोकमा सूर्यमान दोङ, भक्तपुरमा दिलीपकुमार प्रजापति, ललितपुरमा हरि दाहाल, काठमाडौंमा कुमार पौडेल, चितवनमा ईश्वरीप्रसाद भट्टराई, मकवानपुरमा कुमारी मोक्तान, भरतपुर महानगरपालिकामा रेणु दाहाल, काठमाडौं महानगरपालिकामा दिलीप महर्जनले जिम्मेवारी पाएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्