खुल्यो धुन्चे-स्याफ्रुवेसी सडकखण्ड
रसुवा,भदौ ८ । धुन्चे-स्याफ्रुवेसी सडकखण्ड खुलेको छ।पहिराेकाे कारण साेमवार विहानदेखि अवरूद बनेकाे धुन्चे-स्याफ्रुवेशी सडकखण्ड सुचारू भएकाे हो।
अवरुद्ध सडक केहीवेर अघिबाट सुचारू भएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे छ । अवरुद्ध सडक संचालन गर्न सडक डिभिजनको लोडर र स्काभेटर परिचालन गरिएकाे थियाे ।
यसअघि रसुवाकाे गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुडाडामा सडकमाथीबाट पहिरो आई सडक अवरुद्ध भएकाे थियाे । सडक अवरूद हुँदा बाटाेमै टिफर र कन्टेनर अलपत्र परेका थिए ।