उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म निरन्तरता
काठमाडौं,भदौ ८ । काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म जारी गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञालाई भदौ १६ सम्म कायम राख्ने निर्णय गरेको हो।
संक्रमण दरमा केहि कमी आएकोले थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ।
यस अवधिमा पनि एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा हिडडुल गर्न पाईने छैन् । यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।