नुवाकोटको पञ्चकन्यामा भौतिक पठनपाठन बन्द गर्न निर्देशन



नुवाकोट,भदौ ८ । जिल्लाको पञ्‍चकन्या गाउँपालिकाले सेवा क्षेत्रका विद्यालयहरुलाई विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन नगर्न सुझाएको छ । 

गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीद्वारा हस्ताक्षरित एक सूचना प्रकाशित गर्दै कोभिड १९ को नयाँ भेरिएन्टको जोखिम कायमै रहेकाले सञ्चालित विद्यालय बन्द गर्न निर्देशन दिइएको हो। यसअघि गाउँ शिक्षा समितिको निर्णयअनुसार कक्षा १-३ सम्मका विद्यार्थीहरुको लागि भौतिक उपस्थितिमा पठनपाठन सञ्‍चालन भइरहेको थियोे । 

भौतिक पठनपाठन बन्द भएपनि विद्यार्थीहरुलाई गृहकार्य दिने तथा परिक्षण गर्ने र सीयूजी सीममार्फत निरन्तर पठनपाठनको आवश्यक व्यवस्था गर्न भने अनुरोध गरेको छ । 

गाउँपालिकाको शिक्षा शाखाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्