कांग्रेस जिल्ला सभापतिहरूको केन्द्रीय कार्यालयमा धर्ना



काठमाण्डौं,भदौ ८। नेपाली कांग्रेसका जिल्ला सभापतिहरू सहित नेता कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुले तीन बुँदे माग राखेर आज(मंगलबार)बाट धर्ना सुरु गरेका हुन। 

क्रियाशील सदस्यताको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्ने, वडाबाट प्रस्तावित क्रियाशी सदस्यको नाम काटेर केन्द्रबाट थपिएकोमा त्यो संशोधन हुनुपर्ने र विधानको व्यवस्था विपरित हुने गरी तय गरिएको जिल्ला सभापति हुने व्यवस्था खारेज हुनुपर्ने माग राखेर धर्ना कार्यक्रम सुरु गरिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष ऐव संविधानसभा सदस्य रञ्जित कर्णले जानकारी दिएका छन।  

सभापति निकट नेताहरुले विवाद मिल्यो,हामी मिल्यौं भन्नुहुन्छ तर जीवनभर पार्टीप्रति बफादार रहेका कार्यकर्ताको अन्याय गर्न मिल्छ,तत्काल क्रियाशील सदस्यको सूची वेबसाइटमा सार्वजनिक हुनुपर्छ,हामीले हेर्न पाउनुपर्छ”- कर्णले भने। 

 विधानको व्यवस्था विपरीत जिल्ला सभापति हुन आवश्यक पर्ने मापदण्ड परिवर्तन गरिएको भन्दै सभापतिहरू सहित नेता कार्यकर्ता धर्नामा बसेको कर्णले बताए।धर्नामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी,शेखर कोइराला सहित २३ जना सभापति र विवादित जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्