सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं,भदौ ८ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६००, तेजावी सुन ९१ हजार १०० र चाँदीको भाउ १ हजार २०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाला सुन तोलाको ९१ हजार १००, तेजावी ९० हजार ६०० र चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेर कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्