पहिरोका कारण पासाङल्हामु राजमार्ग अन्तर्गत धुन्चे-ठूलोभार्खु सडकखण्ड अवरुद्ध



रसुवा, भदौ ७ । अविरल वर्षाका कारण आएको पहिरोका कारण धुञ्चे–ठूलोभार्खुबीचको पासाङल्हामु राजमार्ग अवरूद्ध भएको छ । धुन्चेभन्दा पारिपट्टी खोपाङ पाखाको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

यस सडकखण्ड नेपाल चीनबीचको व्यापारीक एकमात्र अन्तर्राष्ट्रिय सदक भएका कारण छिटोभन्दा छिटो खुलाउन पहल भइरहेको बताइएको छ । सो सडकखण्ड अवरूद्ध हुँदा दर्जनौ सवारीसाधन बीच बाटामै अलपत्र परेका छन् । उत्तरी रसुवामा आकस्मिक रूपमा पर्ने बिरामीसमेत जिल्ला अस्पताल धुन्चे ल्याउन समस्या उत्पन्न भएको छ ।

पहिरो पन्छाउन सडक विभागले धुन्चेमा राखेको लोडर सञ्चालन गर्न अपरेटर काठमाडौं गएकाले पहिरो पन्छाउन समस्या उत्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्