झापाका विक दम्पत्तिले छातीमा छोरी चेपेर गरे आत्महत्या, कारण यस्तो



झापा, भदौ ७ । झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एक दम्पत्तिले ८ महिने छोरी च्यापेर आफुहरु पासो लागी आत्महत्या गरेका छन् । घर भित्र झुण्डिएको अवस्थामा सोमबार उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

आमाले छोरी छातीमा टाँसेर बोकेकी छन्। ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव घरभित्र झुण्डिएको अवस्थामा भेटिएको झापा प्रहरीले जनाएको छ ।

छिमेकीहरुका अनुसार ऋणले चिन्तित हुँदै आएका रविन विक बैदेशिक रोजगारीमा जाने भन्दै आएका थिए । तर अचानक आत्महत्या गरेछन् छिमेकीहरुले बताए ।
घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्