नुवाकोटको समुन्द्राटार-रामती सडक अवरुद्ध
नुवाकोट,भदौ ६ । जिल्लाको समुन्द्राटार-रामती सडक अवरुद्ध भएको छ। अविरल वर्षाका कारण गएराति सडक भासिएर पहिरो गएपछि समुन्द्राटार- रामती सडकखण्ड अवरुद्ध भएको हो।
सो सडकखण्डको गौडाको पुल नजिक सडक भासिदा यस सडक हुँदै रामती, शिखरबेंसी र घ्याङफेदी आवतजावत गर्ने सवारीसाधन बिचैमा रोकिएका छन्। यसअघि वर्षायाममा समेत घ्याङफेदीसम्म आइचर तथा बोलेरो गाडी सञ्चालनमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य राजकुमार श्रेष्ठले बताए।
सडकखण्ड अवरुद्ध हुँदा दुप्चेश्वर मन्दिर पुग्ने सयौं दर्शनार्थीको बिचल्ली भएको वडा सदस्य श्रेष्ठले बताए।सडक मर्मत हुन अझै एक साता लाग्ने बताइएको छ।अवरुद्ध बिजुली र ईन्टरनेट भने सञ्चालनमा आइसकेको छ।