जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जना पक्राउ



दाङ,भदौमा ६ । जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेका छन । उनिहरुको साथमा एक नाबालक बालिका समेत रहेकी छन ।

हिज शनिवार बेलुका १२ किलो सुकुटी र्केही थान कुर्ता सुरुवालका कपडा सहित उनिहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोला बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुशार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।

सुकुटी सहित पक्राउ परेका हेमराज गिरी बाल बिसौनी प्राथमिक विद्यालय पटौली नाकाका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।

प्रहरीले नियन्त्रणमा लिएको सुकुटी जंगली जनावर हो या होइन भन्ने कुरा परिक्षण पछि मात्र पत्ता लाग्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्