नुवाकोटमा कोदो रोपाइँमा ट्याक्टरको प्रयोग



नुवाकोट,भदौ ४ । मानो खाएर मुरी उब्जाउने समयमा नुवाकोट जिल्लाको उच्च भूभागका कृषकहरु कोदो रोपाइँमा व्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि समयमै धान रोपाइँ सकेर जिल्लाका उच्च ग्रामिण बस्तीका कृषकहरु एकाअर्कासँग अर्मपर्म गर्दै कोदो रोपाइँंमा लागेका हुन् ।

पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण तथा नयाँ अभ्यास बढेको हो । परम्परागत रुपमा कोदालीको सहायताले बारीको पाटो पल्टाउदै कोदो रोपाइँ गरिदै आएपनि पछिल्लो समय हाते ट्याक्टरको प्रयोगले छिटो, छरितो र थोरै लाठेमा कोदो रोपाइँ सम्पन्न गरेको स्थानीय रघुबीर तामाङ बताउँछन् ।

धेरै लाठे आवश्यक परेपछि हाते ट्याक्टरको प्रयोगप्रति कृषकको आकर्षण बढेको कृषक तामाङ बताउँछन् । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा गाउँमा सबै मिलेर ट्याक्टरको सहायताले कोदो रोपाइँ सम्पन्न गर्दै आएका छौं-तामाङले भने ।

किसानले पछिल्लो समय ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न समेत ट्याक्टर र मिनिटिलर प्रयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्